बालाजुसहितका यी क्षेत्रको विद्युत आपूर्ती नियमित

काठमाडौँ- गत शनिबारदेखि प्राविधिक समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेशनको मर्मत सम्पन्न भएको छ ।

आज साँझ मर्मत कार्य सम्पन्न भएलगत्तै बालाजु क्षेत्रमा नियमित विद्युत् आपूर्ति शुरु भएको छ । सबस्टेशनमा रहेका दुई वटा २२।५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको थियो । सबस्टेशनको मर्मत सकिएको जानकारी दिँदै बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले समस्या समाधान भएको र विद्युत् नियमित भएको जानकारी दिए ।

ट्रान्सफर्मरमा समस्या देखिएपछि धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु र बालाजु औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?