सिरियाली राजधानीमा तोप आक्रमण, चारको मृत्यु

 दमास्कस, सिरिया, २८ असोज ।शान्तिवार्ताका लागि संयुक्त राष्ट्रसंघमा प्रक्रियाका बिषयमा पटकपटकका छलफलपछि केही शान्तजस्तो देखिएको अरव राष्ट्र सिरियाको राजधानी दमास्कसमा आइतबार भएको तोप आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु भएको छ ।गोला र वारुदका आवाज केही शान्त बनेका समय दमास्कसको पूर्वी क्षेत्रमा भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।विद्रोही नियन्त्रित दमास्कस नजिकैको भूभागबाट आक्रमण भएको बताइएको छ । घाइते भएका पाँचैजनाको हात तथा खुट्टामा गम्भीर किसिमको चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?