एशियाडमा नेपालको इज्जत राख्ने प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा यसरी गरियो भव्य स्वागत

पोखरा– इण्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकूद प्रतियोगितामा मुलुकलाई प्याराग्लाइडिङ खेलमार्पmत रजत पदक दिलाउने खेलाडीलाई आज पोखरामा भव्य स्वागत गरिएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलाडीलाई पोखरा विमानस्थलमा स्वागत गरे ।  

प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा सहभागी विजयी खेलाडी बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापालाई उनीहरुले फूलगुच्छाले स्वागत गरेका हुन् ।
त्यसपछि खेलाडी टिमलाई गाडीमा राखेर पोखरा विमानस्थलदेखि बाजा–गाजासहित नगरका मुस्ताङचोक, विरौटा, ड्यामसाइड, राष्ट्रबैंक चोक, सिर्जनाचोक, नयाँ सडक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकलगायत विभिन्न स्थान हुँदै पोखरा रङ्गशालामा सम्मानका लागि लगिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?