सानेपामा सुरु भयाे कांग्रेस पदाधिकारी बैठक

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा भातृ तथा सुभेच्छुक संस्थाको पूर्णताको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा भोलि बस्ने कार्यसम्पादन समितिको बैठकको एजेण्डाबारे छलफल हुनेछ ।

बैठकमा डा. शेखर कोइराला पक्षका नेताहरु भने सहभागि छैनन् । कोइराला पक्षका नेताहरु भने आगामी रणनीतिका बारेमा छलफलमा जुटेका छन् । यसअघि नै सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहेको उक्त समूह छुट्टै छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?