बिजय र बिकास एशियन रेफ्री तालिमको लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं । नेपाल भलिबल संघका राष्ट्रिय रेफ्रिद्धय बिजयकुमार केसी र बिकास गुरुङ एशियन रेफ्री क्यानिडेडको कोर्षका लागि मंगलवार बैंकक प्रस्थान गरेका छन् । 

केसीले बिभागिय टोलीका तर्फबाट तामिलमा सहभागिता जनाएका हुन् । उनी  शसस्त्र प्रहरी बलमा प्रहरी निरिक्षक(इनिस्पेक्टर)को पदमा कार्यरत रहेका छन् । 

त्यस्तै बिकास गुरुङ पब्लिकको तर्फबाट तालिममा सहभागिता जनाएका हुन । नेपाल भलिबल संघको अनुरोध एशियन भलिबल महासंघको निमन्त्रणामा भाद्र २० देखि २६ सम्म रेफ्री कोर्ष संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?