जसपामा लफडा : बाबुराम पक्षले बोलायो विस्तारित बैठक

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको विस्तारिक बैठक बस्ने भएको छ । पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचन, संगठनको समीक्षालगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको छ ।

काठमाडौंमा असार २८ र २९ गते बैठक बस्ने तय गरिएको हो । छलफलमा अन्य विविध एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्दीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको जसपा नेपालले जनाएको छ । जसपाको केन्द्रीय समितिको विस्तारित बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि तय गर्ने बताइएको छ ।

सहमतिमा फुट्न तयार भएका जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पर्साको वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएपछि संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष काठमाडौंमा विस्तारित बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?