ओमनलाई पछि पार्दै हङकङ फाइनलमा प्रवेश, युएईसँगको भेट पक्का

मलेसिया । मलेसियामा जारी एशिया कप छनोटको फाइनलमा युएई र हङकङ भिड्ने भएका छन ।

नेपाललाई ३ विकेटको हराएको हङकङले रनरेटका आधारमा ओमानलाई पछि पार्दै फाइनलमा स्थान तय गरेको हो । जारी प्रतियोगितामा अपराजित रहदैं आएको ओमान अन्तिम खेलमा युएईसँग १३ रनले पराजित भएको थियो ।

युएई ८ अंकका साथ शिर्ष स्थानमा रहदै फाइनलमा पुग्यो भने ओमान र हङकङको समान सात—सात अंक भएपनि रनरेटका आधारमा ओमानलाई पछि पार्दै हङकङले फाइनलको याता पक्का गरेको हो । 

हङकङको १ दशमलब ५३ तथा ओमानको ० दशमलब ५८३ रनरेट थियो । अब फाइनल जित्ने टिमले पाकिस्तान र भारत रहेको समुह रहँदै एशिया कप खेल्नेछ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?