काठमाडौं। गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार लामालाई राजधानीको ठमेलबाट नयन्त्रणमा लिएको हो ।
जिल्ला काभ्रे तिमाल गाँउपालिका वडा नं. ६ घर भएका मान बहादुर तामाङ र सत्यमान लामा पक्राउ परेका हुन् ।
‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेको प्रहरीले बताएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया