काशिभन्ज्याङमा साइक्लिङसहित वृक्षारोपण

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा बनेपा नगरपालिका वडा ३ स्थित काशिभन्ज्याङ क्षेत्रमा वृक्षरोपण सम्पन्न भएको छ।

सामाजिक अभियन्ता राजानन्द माण्डव्यको सभापतित्वमा तथा संयोजनमा देशभरका ६२ जना साइकल यात्री तथा प्रकृतीप्रेमी नागरिकको उपस्थितिमा ‘जय संस्कृती, जय प्रकृति’ भन्ने नारासहित साइकलिङसहित वृक्षारोपण भएको हो ।

शनिबार साइकल र्‍यालीसँगै वृक्षारोपण कार्यक्रममा प्रमुख आतिथ्यता जिल्ला समन्वयन समिती काभ्रेपलाञ्चोकका सभापती दिपक गौतम तथा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको विशिस्ठआतिथ्यतामा बनेपा नगर पालिका कार्यालय बाट साइकल यात्रा सुरु गरेको थियो।

काठमाडौ, भक्तपुर र ललितपुर देखि उपस्थित साइक्लिस्टहरुको बिच काशीभन्ज्याङ क्षेत्रमा वृक्षारोपण जिसस प्रमुखको उपस्थिति बनेपा वडा ३ अध्यक्ष रमेश दाहाल, राजनीतिक नेता भेषराज शाह, विश्व साइकल यात्री पुष्कर शाह, साइकल यात्री अजित बराल सहित काशिभन्ज्याङ युथ क्लबका अध्यक्ष उद्धब बजगाई लगायत बनेपा नगर क्षेत्रका सामाजिक अभियान्ताको उपस्थिति थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शाक्यले साइकल यात्रासहितविरुवा रोप्ने कार्यक्रममा आएका साइकल यात्रीलाई धन्यवाद दिँदै बनेपाको पर्यटन प्रवर्द्धनमा हातेमालो गर्न अनुरोध समेत गरे ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा आएर विरुवा रोप्न पाउनु, साइकल र वातावरणबीच मानव जीवनको महत्वपुर्ण कडि रहेको उनको भनाई थियो।

सभापती माण्डव्यले २०६४ सालवाट बन्द भएको टान संस्थाको साइकल यात्रासँगको वृक्षारोपण कार्यक्रम १५ वर्षपछी पुन आफूले निरन्तरता दिन पाएकोमा र आफ्नै गाउँमा पर्यटक ल्याउन पाएकोमा खुसी व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?