रेड पाण्डासहित दुई जना प्रकाउ

काठमाडौं ।  दरबारमार्गबाट ५ वटा रेड पाण्डासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महागनरीय प्रहरी वृत्त, दरबारमार्गले आज ठमेल लैजाने क्रममा रेड पान्डासहित दुई जनालाई पक्राउ गरेको हो । 

विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको विवरण खुलाइएको छैन ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?