बानेश्वरबाट हराएकी निक्की पराजुली २० दिनपछि भेटिइन्

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट हराएकी निक्की पराजुली २० दिनपछि फेला परेकी छिन् ।  १५ वर्षीय निक्की २० दिनपछि भेटिएकी हुन् । 

भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् उनलाई प्रहरीले वीरगञ्जमा फेला पारेको हो । खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो ।

उनलाई काठमाडौंसम्म ल्याएर परिवारलाई जिम्मा लगाइएको छ । पराजुली यसअघि पनि पटकपटक हराउने गरेकी थिइन् ।

प्रहरीसँग सोधपुछका क्रममा उनले साथीसँग मिलेर विरगञ्ज गएको बताएकी छन् । त्यहाँ उनी एक होस्टलमा बसेकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?