दुई विधेयक सर्वसम्मतिबाट स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले संसद् बैठक समक्ष पेश गरेका “वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५ लाई सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले “खाद्य अधिकार सम्बन्धी विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको हो । 

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल विशेष कारणले बैठकमा उपस्थित हुन नसकेकाले उनको  तर्फबाट मन्त्री महासेठले सो प्रस्ताव प्रस्तुत गरेका हुन् । 

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २० गते बुधबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?