बिम्सटेक सार्कको विकल्प होइन:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्सटेक दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० लाई विस्थापित गर्न स्थापना नभएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यपछि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिम्सटेक सम्मेलनमा कुनै देशकोे नेतृत्वमा सैन्य अभ्यास गर्ने सहमति नभएको पनि स्पष्ट पारेका हुन् । 

एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बाढीपीडितलाई उद्धार, राहत र क्षतिपूर्ति तथा असुरक्षित स्थानमा बसोबास गर्नेलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । 

बैठकमा सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, डा मीनेन्द्रप्रसाद रिजाल, रामबहादुर विष्ट, अवधेशकुमार सिंह, भरतकुमार शाह, राजेन्द्रकुमार केसी, मीन विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, सञ्जयकुमार गौतम, सरिता गिरी, मीना सुब्बा र महेन्द्रराय यादवले प्रधानमन्त्री ओलीलाई सम्मेलनका विषयमा जिज्ञासा राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?