नक्कली सुनसहित ६ जना पक्राउ

काठमाडौं । नक्कली सुनसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

महागनरीय प्रहरी परिसर, काठमाडौंले २ किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धादिङ घर भइ कोटेश्वर बस्दै आएका अभिषेक तामाङ, नुवाकोटका राम तामाङ, धादिङका राज तामाङ, नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ, नेपालटार बस्दै आएका विरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ छन् । उनीहरुलाई प्रहरीले नागढुंगामा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । 

उनीहरुलाई नियन्त्रणमा लिएर थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?