अनमोलले ‘ब्याचलर बन्टी’ का लागि हिरोइन पाए

काठमाडौं । पछिल्लो समय चर्चाको शिखरमा पुगेका अभिनेता अनमोल केसीले अभिनय गर्ने फिल्म ‘ब्याचलर बन्टी’ मा उकुशा गिरीले अभिनय गर्ने भएकी छिन् ।

मिस एसिया २०१७ की विजेता उकुशाले यो फिल्ममा अनमोलको अपोजिटमा भएर काम गर्ने निर्माण टिमले बतायो । उकुशासँग फिल्मका निर्माता सुदीप खड्का र मिलन चाम्सले सम्झौता गरेका थिए ।

निर्देशक चाम्स र सुदीप मिलेर निर्माण गर्न लागेको यो फिल्ममा अन्य कलाकार को को रहने भन्ने बारेमा खुलाइएको छैन । यद्यपि फिल्म असोजबाट फ्लोरमा जाने हल्ला छ ।

फिल्मको छायांकन युरोपका विभिन्न स्थानमा गरिने निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?