बिम्सटेक सम्मेलन सफल भएको प्रधनामन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छोटो समयमा बिम्सटेक चौथो शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर अन्तर्राष्ट्रिय जगतमा नेपालको क्षमता प्रष्टिएको दाबी गरेका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधनामन्त्री ओलीले यति छोटो समयमा शिखर सम्मेलन सम्पन्न गर्नु सक्नु नै नेपालको सफलता भएको बताए । 

उनले सम्मेलनले उर्जा उत्पादनमा नेपालमा सहयोग पुग्ने भन्दै नेपालले विद्युत उत्पादन गरेर म्यानमार लगायतका देशमा बेच्न सक्ने वातावरण बनेको बताएका छन् ।  उनले विमस्टेकको चौथो शिखर सम्मेलनको घोषणापत्रले पञ्चशिलता, राजनीतिक स्थिरता लगायत सहयोग आदान प्रदान गर्न महत्वपुर्ण हुने पनि बताए ।  

बिम्सटेक रियोजनाहरुले सबै पक्षलाई समेट्ने भन्दै फण्ड स्थापना गर्ने, स्रोत साधन परिचालन गर्न १४ क्षेत्रलाई पुनःसंरचना गर्ने, कुटनीतिक पहल, बुद्ध सर्किट, प्रविधि हस्तान्तरण र सांस्कृतिक आदान प्रदान गर्न जारी घोषणापत्रमा समेटिएको प्रधानमन्त्रीको भनाई छ । 

उनले घोषणापत्रबाट नेपालको विकासमा सहयोग पुग्ने विश्वाश समेत लिएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?