पदकधारी खेलाडीसहितको टोलीलाई पोखरामा भव्य स्वागत

काठमाडौं । इण्डोनेशियामा सम्पन्न १८ औँं एशियाली खेलकूद ‘एशियाड’का रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई  पोखरामा भव्य स्वागत गरेका छन् । 

पदकधारी खेलाडी सहितको टोलीलाई मंगलवार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वागत गरेकी थिइन् । उनीले खेलाडीहरुलाई पोखरा विमानस्थल भित्रै स्वागत गरेकी हुन् । 

एशियाली खेलकूदमा पोखराबाट पाराग्लाइडिङ खेलमा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक हासिल गर्न सफल टिमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीले भव्य स्वागतका गरेको हो ।  

खेलाडीहरुलाई  मंगलवार नै पोखरा विमानस्थलबाट नै बाजागाजा साथै नगरपरिक्रमा गराएका छन् । 

नगरपरिक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलाडी, पर्यटन व्यवसायी, उद्योगी, खेलकूद सङ्घका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी र खेलप्रेमी पोखरेलीको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?