नेपालमा आज थप १०२ जनामा कोरोना संक्रमण

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा आज थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर एक हजार ५३९ पीसीआर परीक्षण गरिएकोमा ७२ जना र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, आज थप ३१ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म नेपालमा ९ लाख ६७ हजार ६५६ जना निको भएका छन् ।

हाल नेपालमा ६०५ सक्रिय संक्रमित आइसोलसेनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?