लोकतन्त्र र संविधानमाथि पटक–पटक आक्रमण भयो : पूर्वराष्ट्रपति यादव

लोकपथ
156
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र र संविधानमाथि पटक–पटक आक्रमण भएको बताएका छन् । सबै नेपालीको साझा दस्तावेजका रूपमा रहेको संविधानमाथि पटक–पटक आक्रमण हुनु दुःखद भएको उनले बताए ।

शनिबार जनकपुरमा कान्तिपुर मिडिया गु्रप र मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय तथा प्रदेश सभा सचिवालयको सहकार्यमा शनिबार जनकपुरमा आयोजित ‘मधेश मन्थन’ कार्यक्रममा विद्वत प्रवचन दिँदै पूर्वराष्ट्रपति यादवले सो कुरा बताएका हुन् । सो अवसरमा उनले मधेश–पहाड–हिमालका साथै पूर्व–पश्चिम र उत्तर–दक्षिणलाई जोड्ने दस्तावेजका रूपमा रहेको संविधानलाई जोगाउनुपर्नेमा जोड दिए ।

लामो यात्रा पार गरेर आए पनि पटक–पटक लोकतन्त्र र संविधानप्रति आक्रमण भएको पूर्वराष्ट्रपति यादवले उल्लेख गरे । संविधानमाथि आक्रमण गर्दै प्रतिनिधिसभा विघटन भएको पनि उनको भनाई छ । ‘२०७२ मा संविधान जारी भएपछि पनि पटक–पटक यसमा आक्रमण भएको छ । २–२ पटक प्रतिनिधिसभा विघटन भयो । यसले बेला–बेला मन दुख्ने गर्छ,’ उनले भने । तर राजनीतिक पार्टीहरुले मिलेर समस्याको समाधानहरु निकाल्नु भने आफैंमा आफैंमा प्रशंसनीय रहेको उनले बताए ।

संविधान जारी हुँदा केही सन्देह भएपनि पछि राजनीतिक दलहरूले त्यही संविधानअनुरूप राजनीति अगाडि बढाएकोमा भने आफू सन्तुष्ट भएको उनले बताए । ‘मैले संविधान दिँदा मधेशमा गोली चलिरहेको थियो । तर, मैले संविधान जारी गरिरहँदा त्यस्तो होला भन्ने मैले सोचेको थिइँन । मेरा केही सन्देहहरु भने थिएँ । त्यसैले मैले सबै राजनीतिक पार्टीहरुलाई बोलाएर कुरा पनि गरेको थिएँ । संविधान जारी गरेपछि जुन हिसाबले पार्टीहरुले मिलेर चुनाव गराए त्यसपछि भने म सन्तुष्ट भएँ,’ उनले भने ।

त्यस्तै, जनकपुर सुन्दर र सांस्कृतिक तथा धार्मिक सहर रहेकोसमेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?