पाराग्लाइडिङमा युवाको आकर्षण बढ्दो, चार वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

पोखरा । व्यावसायिक र मनोरञ्जनमा मात्र सीमित पाराग्लाइडिङले खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । 

इण्डोनेशियामा हालै सम्पन्न १८ औंँ एशियाली खेलकुदमा पहिलोपटक खेलको रुपमा सूचीकृत भएको पाराग्लाइडिङको प्रतिस्पर्धामा नेपालले रजत पदक प्राप्त गरेपछि युवा बढी आकर्षित हुने देखिएको हो । 

अन्तर्राष्ट्रिय जगतमा पाराग्लाइडिङमार्फत नेपालको गौरव बढाउनमा पोखराकै पाराग्लाइडिङका पाँच जना खेलाडी विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् । सो कारणले पनि पोखरामा व्यावसायिक रुपमा सञ्चालित पाराग्लाइडिङको भविष्य उज्ज्वल हुने नेपाल हवाई खेलकूद संस्थाका उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए । 

 

प्रदेश सरकारले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने निर्धारण गरिएको लक्ष्यमा पाराग्लाइडिङको माध्यमबाट पर्यटकलाई आकर्षित गर्न थप बल पुग्ने विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यसपटकको सफलताले हावाको भरमा आकाशमा उड्ने पाराग्लाइडिङको व्यवसाय फस्टाउने सम्भावना बढेको देखिन्छ ।

यो व्यवसायको माध्यमबाट पोखरामा विदेशिका साथै आन्तरिक पर्यटक व्यापकरुपमा भित्रिएपछि होटेल, रेष्टुरेन्टलगायत समग्र क्षेत्रको आर्थिक गतिविधिमा बढोत्तरी हुनेमा व्यवसायी ढुक्क छन् । 

प्रदेश सरकारले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने निर्धारण गरिएको लक्ष्यमा पाराग्लाइडिङको माध्यमबाट पर्यटकलाई आकर्षित गर्न थप बल पुग्ने विश्वास गरिएको छ । पाराग्लाइडिङप्रति व्यवसायी बढी आकर्षित भएपछि बढी मुनाफाको व्यवसायमा यतिखेर घाटा हुन थालेको उपाध्यक्ष भण्डारीको भनाइ छ ।

पोखरामा यो खेल शुभारम्भमा नाफामुखी भएपनि यतिखेर अस्वस्थ्य प्रतिस्पर्धाका कारण अधिकांश कम्पनी घाटामा गइरहेका छन् । 

पोखराको सराङकोटबाट खपाउँदीसम्म २० र तोरीपैनीदेखि चङ्खपुरसम्म ४२ गरी ६२ वटा कम्पनी पाराग्लाइडिङ व्यवसायमा संलग्न छन् । तातो हावाको चापमा उड्ने यसको आकासे दुरी दुई किलोमिटरको हुने गरेको छ । मौसम अनुकूल रहेको अवस्थामा दैनिक २ सय ५० देखि ३ सय सम्म पाराग्लाइडिङको उडान हुने गरेको छ ।

सन् १९९८ मा स्थापना भएपछि अहिलेसम्म पोखरामा ६२ वटा कम्पनी यस व्यवसायमा संलग्न छन् । अत्यधिक कम्पनी भएपछि अस्वस्थ्य प्रतिस्पर्धा हुँदा यस व्यवसायमा घाटा हुनु स्वभाविक हो । नाफामुखी व्यवसायको रुपमा पुनःस्थापित गर्ने विषयमा व्यवसायी गहनरुपमा छलफल गर्नुपर्ने उपाध्यक्ष भण्डारीको सुझाव रहेको छ । 

यस व्यवसायमा ६० लाखको गाडी, उपकरणका र ग्लाइडरको मूल्य ६ लाख गरी  एक करोडको लगानी गरेपछि सो अनुरुप हुनुपर्ने फाइदा नहुँदा व्यवसायी मारमा परेको उनले बताए ।

एक फ्लाइट उडाउँदा विदेशीबाट १२ हजार र स्वदेशीबाट आठ हजार रकम लिने भए पनि अस्वस्थ्य प्रतिस्पर्धाका कारण विदेशीबाट बढीमा पाँच हजार र स्वदेशीसँग बढीमा चार हजार ५ सय मात्र लिने गरिएकाले यतिखेर यो व्यवसायमा घाटामा भइरहेको छ । 

पाँच हजारबाट तीन हजार ५ सय पाइलटलाई र एक हजार ५ सयमा मूल्य अभिवृद्धि कर तिर्नुपर्दा व्यवसायीलाई कुनै लाभ नहुने भएकाले यो व्यवसाय फस्टाउन नसकेको बताइएको छ । 

पोखराको सराङकोटबाट खपाउँदीसम्म २० र तोरीपैनीदेखि चङ्खपुरसम्म ४२ गरी ६२ वटा कम्पनी पाराग्लाइडिङ व्यवसायमा संलग्न छन् । तातो हावाको चापमा उड्ने यसको आकासे दुरी दुई किलोमिटरको हुने गरेको छ । मौसम अनुकूल रहेको अवस्थामा दैनिक २ सय ५० देखि ३ सय सम्म पाराग्लाइडिङको उडान हुने गरेको छ ।

बिहान १०ः३० देखि ४ः३० बजेसम्म उडानको समय निर्धारण गरिएको छ । 

पाराग्लाइडिङ गर्नका लागि स्वदेशीका साथै युरोप, अमेरिका, चीन, अष्ट्रेलिया, बङ्गलादेश, भारतबाट आउने गरेका छन् । हालसम्मको तथ्याङ्कमा सबैभन्दा बढी चीनबाट आउने गरेका छन् । चीनमा निर्मित ‘अप विन द विन्ड’ चलचित्रका कलाकारहरुले पाराग्लाइडिङको सुटिङ पोखरामा गरेका थिए ।

सो चलचित्र निकै चर्चित भएपछि पाराग्लाइडिङ गरिएको स्थललाई खोजी गर्दै सो खेलको माध्यमबाट रोमाञ्चकारी अनुभव संगाल्न चीनका युवा बढी पोखरा आउने गरिएको उपाध्यक्ष भण्डारीको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?