७ कार्तिक २०७८, आईतवार

साझा पर्व बन्दै लाखे नाच

२०७५,भाद्र,१९,मंगलवार ०७:४४


दुल्लु । विशेषगरी नेवार समुदायले मनाउँदै आएको लाखेनाच दैलेखमा भने सबै समुदायको साझा पर्वका रुपमा विकास हुन थालेको छ । नेवार समुदायबाहेक अन्य समुदायले समेत पर्व मनाउन थालेपछि सबै समुदायको साझा पर्वका रुपमा विकास हुन थालेको हो । 

लाखेनाच संरक्षण गर्न दैलेखका नेवार समुदायसँगै अन्य समुदायले पर्वका रुपमा मनाउन थालेका हुन् । दुई सय वर्षदेखि सञ्चालन हुँदै आएको लाखेनाच लोप हुन नदिन अन्य समुदायले नाचको शुरुवात गरेका हुन् । 

जिल्ला सदरमुकाम दैलेख बजारलगायत ग्रामीणस्तरमा समेत लाखेनाचको प्रभाव बढेको छ । भगवान् श्री कृष्णको जन्मलिलासँग सम्बन्धित लाखेनाच सोमबार दैलेखमा सम्पन्न भयो । गत साउन २४ गते गठेमङ्गल घण्टाकर्णबाट शुरु भएको लाखेनाच एक महिने लामो वर्षे मेला सोमबार सम्पन्न भएको हो । 

आइतबार राति १२ बजे श्रीकृष्णको जन्म गराई सोमबार कृष्णले लाखेको बध गरेपछि मेला सम्पन्न हुने गर्दछ । श्रीकृष्णले कंशलाई मारेको सम्झनामा लाखेनाच नाच्ने गरिन्छ । एक महिनासम्म नाचिने लाखेनाचको श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट समापन गर्ने परम्परा छ । दैलेख सदरमुकाम, दुल्लु, बेस्तडा, नौमूले, डुङ्गेश्वरलगायतका स्थानीयवासीका घर तथा बजारमा सो नाचको प्रदर्शन गरिन्छ । 

प्रकाशित मिति: २०७५,भाद्र,१९,मंगलवार ०७:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४