बनेपामा जवरजस्ती करणीको अभियोगमा एकजना पक्राउ

काठमाडौं । जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

धुलिखेल नगरपालिका-११ घर भई हाल बनेपा नगरपालिका-७ चारदोबाटोस्थित होटल पसलगरी बस्ने २५ वर्षीय रामशरण हुमागाईलाई प्रहरीले पक्राउ गरेको हो । 

हुमागाईले आइतबार उनकै होटलमा काम गर्ने खोटाङ घर भएकी १७ वर्षीया युवतीलाई कोठामा पु¥याई दिन्छु भनि नयांबस्ती स्थित आफ्नै कोठामा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । 

उक्त घटनाको जानकारी ईलाका प्रहरी कार्यालय बनेपालाई सोमबार प्राप्त भ्रएको थियो । 

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?