बलिउड कमब्याकका लागि प्रहरी अफिसर बन्दै सुस्मिता सेन

मुम्बई । चर्चित बलिउड अभिनेत्री सुस्मिता सेन पछिल्ला केही वर्षयता भने चुपचाप थिइन् । यतिबेला भने उनले कमब्याक गर्ने हल्लाले चर्चा पाएको छ ।

सुस्मिता सेन लामो समयसम्म बलिउडदेखि टाढा थिइन् । उनी सन् २०१० मा बनेको फिल्म ‘नो प्रोबलम’ मा अन्तिमपटक देखिएकी थिइन् ।

चर्चामा आएको छ, उनी छिट्टै नै बलिउडमा कमब्याक हुँदैछिन् । एकपटक उनी फेरि पर्दामा दमदार भूमिकामा देखिनेछिन् । उनी कमब्याक हुने फिल्मको शूटिङ सन् २०१८ को अन्तिमतिर हुनेछ ।

यो फिल्ममा सुस्मिता एक प्रहरी अफिसर हुनेछिन् । प्रहरी अफिसरले सानो शहरको रक्षा गर्नेछ। सुस्मितालाई यो भूमिकामा लागि मेकर्सले एक वर्षपहिले नै एप्रोच गरेका थिए । उनले स्किृप्ट हेरेर फिल्ममा का नगर्ने बताइन् ।

फिल्मको नाम भने अझै घोषणा भइसकेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?