१ कार्तिक २०७८, सोमवार

भारतीय लडाकू विमान दुर्घटना, अनि के के भयो ?

२०७५,भाद्र,१९,मंगलवार ०६:३३


एजेन्सी । भारतीय एयर फोर्स(आईएएफ)को एक एमआईजी–२७ जहाज मंगलबार नियमित मिसनको क्रममा राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको छ । विमानका पाइलट भने दुर्घटना अघिनै जहाजबाट हुत्तिएर सुरक्षित छन् । 

आईएएफले उक्त दुर्घटनाको अनुसन्धानको लागि निर्देशन दिएको छ । आईएएफसँग अझै पनि एमआईजी–२७ को दुई स्वार्डोन रहेको छ । ती जहाजहरुको अर्को वर्ष समयावधि सकिदैछ । 
सुरक्षाको हिसाबमा एमआईजी–२७ को त्यति राम्रो रेडर्क रहेको छैन ।

जुन महिनामा एक अर्को एमआईजी–२७ अपग्रेड जहाज जोधपुरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । 

त्यस दुर्घटनामा पाइलट कण्डपाल दुर्घटना हुनु केही सेकेण्ड अघि सुरक्षित रुपमा निस्किन सफल भएका थिए । दुर्घटनास्थलमा पनि कुनै मानवीय क्षेति भएको छैन । तर पाइलट उक्त क्षेत्रमा रहेको ट्रान्स्फरमर नजिक खसेकाले बालबाल बचेका थिए । दुर्घघटनामा दुई घर र छेउमा पार्क गरिरहेको एक गाडिमा गम्भिर क्षति पुगेको थियो । 

अघिल्लो नोभेम्बर पुनः अर्को आईएएफ एमआईजी–२७ लडाकु विमानलाई अवतरण गर्ने क्रममा त्यसको टायर पड्केको थियो । विमान जोधपुर विमानस्थलको धावनमार्गमा लामो समयसम्म अड्केको थियो ।

सन् २०१५ जनवरीमा जोधपुर हवाई आधारबाट उत्तरलाईको नियमित अभ्यासको क्रममा उडेको अर्को एक एमआईजी–२७ लडाकु विमान पनि राजस्थान बारमरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानको एक टुक्रा छेउ सडकमा मोटरसाइकल चलाइरहेका चालकलाई लागेको थियो ।

प्रकाशित मिति: २०७५,भाद्र,१९,मंगलवार ०६:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी धर्म प्रचारक र तीनका परिवारका सदस्यहरूलाई सशस्त्र गिरोहले हाइइटीको राजधानी पोर्ट(ओ(प्रिन्स नजिकै बन्धक बनाएका विवरण आएका छन्।

काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ ।

काठमाडौं । पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

काठमाडौं । भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

ताजा समाचार

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७