साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्दै, यस्तो छ ‘हेड टु हेड’

बंगलादेश । साफ च्याम्पियनसिपको १२ औँ संस्करण मंगलवारबाट बंगलादेशमा शुरु हुँदैछ । 

राजधानी ढाकास्थित बंगबन्धु स्टेडियममा हुने पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । यी दुई टिमबीचको खेल नेपाल समयअनुसार पौंने ४ बजेपछि शुरु हुँदैछ । पहिलो खेलमा नै सुखद नतिजा निकाल्ने रणनीतिका साथै नेपाली टिम मैदानमा उत्रदैछ ।

उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली टिमले विगतको तुलनामा यसपटक खेलमा निक्कै सुधार ल्याएका छन् । 

सोमवार भएको प्रि-म्याच कन्फेन्समा बोल्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिमको लक्ष्य उपाधि जित्ने रहेको बताए । ‘हाम्रो पहिलो टार्गेट भनेको नकआउट चरणसम्म पुग्नु हो । त्यसपछि फाइनलमा हुँदै उपाधि जित्नु मेन टार्गेट हो ।’ उनले भने । 

साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तान ६ पटक आमने-सामने भएका छन् । जसमा नेपालले २ मा जीत, ३ मा बराबरी र एकमा हार बेहोरेको छ  । 

नेपाल र पाकिस्तानबीचको 'हेड टु हेड' 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?