विश्वकै अग्लो प्रतिमा आकार ग्रहण गर्दै

एजेन्सी : विश्वको सबैभन्दा ठूलो प्रतिमाको निर्माण भारतमा भइरहेको छ ।

भारतीय स्वतन्त्रता संग्रामका नायक मध्येका एक गुजरातका सरदार वल्लभभाई पटेलको १८२ मिटर अग्लो प्रतिमाको डिजाइन गरिएको छ ।

अहिले चीनको द स्प्रिंग टेम्पल बुद्धाको प्रतिमा विश्वकै सबैभन्दा ठूलो हो । यसको अग्लाई  १२८ मिटर छ ।

यो मूर्तिको निर्माण खर्च २९.९ अर्ब भारु खर्च आंकलन गरिएको छ । यो प्रतिमा निर्माण प्रधानमन्त्री नरेन्द्र मोदी संरक्षित परियोजना हो ।

३१ अक्टोबरका दिन ‘स्ट्च्यु अफ युनिटी’ नाम दिइएको यो प्रतिमा अनावरण गरिनेछ ।

सन् १९४७को स्वतन्त्रता पछि बनेको सरकारमा पटेल उपप्रधानमन्त्रीको हैसियतमा थिए ।

भारतका राष्ट्रवादीहरूले उनलाई ‘लौह पुरूष’को रूपमा परिभाषित गर्छन् ।

उनीहरूले नेहरू परिवार प्रधानमन्त्री हुनु भन्दा पटेल हुनुपर्ने विचार राख्ने गरेका छन् ।

सन् २०१३को प्रधानमन्त्री निर्वाचन अभियानलाई अगाडि बढाउँदा मोदीले भनेका थिए “हरेक भारतीय पटेल पहिलो प्रधानमन्त्री नभएकोमा दुःख व्यक्त गर्छन् ।”

यो प्रतिमा सन् २०१३मा बन्न शुरू भएको थियो । यो न्युयोर्कको स्ट्याचु अफ लिबर्टी भन्दा दोब्बर उचाइँको हो ।

गुजरातको अहमदाबाद शहरबाट २०० किलोमिटर टाढा रहेको स्थलमा २५०० बढी कामदार काम गरिरहेका छन् ।

यो प्रतिमा निर्माण गर्न चीनबाट केही सय कामदार मगाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?