काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढी कुरा गर्नेगरेको बताएका छन् ।
मंगलबार तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाटका क्रममा बोल्दै नेता पौडेलले नेपाललाई अहिले विकास चाहिएको तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका बताएका हुन् ।
उनले बर्तमान सरकारले ठुला र काम सुरु भएका आयोजनाहरुलाई समेत अलपत्र पारेको आरोप लगाएका छन् ।
नेपालको आर्थिक समृद्धिका आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास भएको उनको भनाइ थियो ।
उनले ७० वर्षदेखिको जनताको चाहाना बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने भन्दै मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएकाले जनताले धोका पाउने हो कि भन्ने शंका उब्जिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया