गोली प्रहारबाट एक युवक गम्भीर घाइते

धनुषा । धनुषामा अज्ञात समूहले एक युवकमाथि गोली चलाएका छन् ।  सोमबार राति गोली चलेको हो । 

मोटरसाइकलमा रहेका लक्ष्मिनिया ६ का ३५ वर्षीय सञ्जय शर्मामाथि गोली चलाइएको हो। उनको दाहिने कोखामा एक गोली लागेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । 

घाइते शर्माको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको छ । 

गोली चलाउनेको भने खोजी भइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?