निगम डुबाउने चिनियाँ जहाज कसरी भित्रियो ?

काठमाडौं – वार्षिक न्यूनतम ३५ करोड रुपैयाँको आर्थिक नोक्सानी पारिरहेका चिनियाँ जहाज ल्याउन सिफारिस गर्ने को को थिए रु चीन सरकारले यही सिफारिसलाई देखाएर ती जहाज ९६ वटै० नेपाल सरकारलाई किन्न दबाब दिएको थियो।

यसरी सिफारिस नगरिएको भए ती जहाज नेपाल भित्रिँदैनथे र मुलुकलाई करोडौं रुपैयाँको घाटा पर्दैनथ्यो। बंगलादेशले पनि यही वाई १२ जहाज खरिद गर्न आफ्ना प्राविधिक टोली चीन पठाएको थियो। तर तिनले ठाडै अस्वीकार गरिदिएका थिए। तर, नेपालमा ठीक उल्टो भयो। चीनको एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेसन ९एभिक इन्टरनेशनल० ले नेपाल वायुसेवा निगमलाई प्रस्तावित जहाजका प्राविधिक पक्ष अवलोकन गरिदिन निमन्त्रणा गर्‍यो।

 त्यसअनुसार निगमका ५ पदाधिकारी सम्मिलित टोलीले २०११ नोभेम्बर १५ देखि २२ सम्म चीनका विभिन्न ठाउँ भ्रमण गर्‍यो। भ्रमणपश्चात उनीहरूले निगम सञ्चालक समितिलाई २५ नोभेम्बरमा प्रतिवेदन बुझाए। उक्त प्रतिवेदनमा ५६ सिटे एमए–६० र १९ सिटे वाई–१२ जहाज नेपालमा उडाउन राम्रो हुने सिफारिस गरियो।  आजको अन्नपूर्ण पोष्टमा यो खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?