कक्षा ९ मा पढ्ने किशोरीमाथि सामूहिक वलात्कार

झापामा १४ बर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामूहिक बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए ।

पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो ।

दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन् ।

उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् ।
बलात्कारका आरोपीहरु दमक नगरपालिका १ का सुमन राई, समीर श्रेष्ठ र कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?