काठमाडौं । सरकारले नागरिकका सम्बन्धि विधेयक फिर्ता लिने प्रस्ताव संसदमा पेश गरेको छ ।
असार २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक फिर्ता लिने प्रस्ताव गर्ने निर्णय भएको सदनलाई जानकारी गराएका थिए ।
संसदमा लामो समयदेखि विचाराधिन रहेको बताउँदै गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पेश गरेका छन् । सभामुखले उक्त विधेयक फिर्ताको प्रस्तावका लागि बोल्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ ।
यसअघि २०७५ साल साउन २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त विधेयक ल्याएको थियो । उक्त विधेयक हालसम्म संसदमा विचाराधीन रहेको भन्दै वर्तमान सरकारले उक्त विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउने तयारी गरेको छ ।
सो विरुद्धमा बोल्दै नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले उक्त विधेयक फिर्ता लिएर सरकारले नेपाली नागरिकको नागरिकता लिने अधिकार खोस्न लागेको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया