साफ च्याम्पियनसिप २०१८ : अाज नेपाल र पाकिस्तानबीच प्रतिष्पर्धा

काठमाडाैं : साफ च्याम्पियनसिप फूटबलअन्तगर्त अाज (मंगलबार) नेपाल र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदैछ । 

बंगलादेशको राजधानी ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा अाज दिउँसो पाैने ४ बजे यी दुर्इ दक्षिण एसियाली मुलुकबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। 

पाकिस्तानलार्इ हराएर साफमा विजयी शुरूवात गर्न चाहेको नेपाललार्इ यसअघि भएको खेलको पराजयले झस्कार्इरहेको छ ।

र्इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत २३ बर्ष भन्दा कम उमेरसमुहको खेलमा पाकिस्तानसँग नेपाल २-१ गोलअन्तरले स्तब्ध भएको थियो ।

हालसम्म नेपाल र पाकिस्तानबीच १५ पटक फूटबल प्रतिष्पर्धा भएको छ । जसमध्ये नेपालले ५ वटा खेल जितेको छ भने ५ खेलमा हार र ५ खेलमा बराबरी गरेको रेकर्ड छ ।

नेपाली फूटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्ने लक्ष्यका साथ नेपाली टीमले खेल काैशल देखाउने बताएका छन । 

प्री–म्याच कन्फ्रेन्समा बोल्दै महर्जनले पहिलो लक्ष्य सेमिफार्इनलमा पुग्ने रहेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?