नेपाली रूपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको विनिमयदर बढ्यो

काठमाडौं : विदेशी मुद्रासँग नेपाली रूपैयाँको निरन्तर अवमूल्यनमा सोमबार ब्रेक लागेपनि मंगलबार फेरि उस्तै समस्या देखिएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार अघिल्लो दिन १ सय १३ रूपैयाँ ८९ पैसा रहेको १ अमेरिकी डलरको बिक्रीदर मंगलबार १ सय १४ रूपैयाँ २४ पैसा पुगेको छ । 

युरो १ को खरिददर १ सय ३१ रूपैयाँ ९९ पैसा र बिक्रीदर १ सय ३२ रूपैयाँ ६९ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४६ रूपैयाँ २५ पैसा र बिक्रीदर १ सय ४७ रूपैयाँ २ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रिदर ३० रुपैयाँ १० पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३ सय ७७ रुपैयाँ ११ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ४० पैसा र बिक्रिदर ३ सय २ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?