ठमेलको होटलमा लगि २६ वर्षीया महिलामाथी जबरजस्ती करणी

लोकपथ
343
Shares

काठमाडौं । काठमाडौंको ठमेलस्थित होटलमा एक महिला बलात्कृत भएकी छन् ।

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका – १४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका- २६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?