कस्तुरीको बिनासहित एकजना पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका -७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित पाँचथर तुमविया गाउँपालिका-५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानामा बा. ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त बिनासहित फेला पारी पक्राउ गरेको हो ।

यस  सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?