विश्वकर्मा अदालत परिसरबाट नै गिरफ्तार

नुवाकाेट -सर्वोच्च अदालतको आदेशले जिल्ला अदालत नुवाकोटको रोहवरमा आज रिहा हुनुभएका खड्गबहादुर विश्वकर्मालाई अदालत परिसरबाट नै प्रहरीले आज पुनः गिरफ्तार गरेको छ ।

बेलकोगडी नपा–९ मा गत साउन ७ गते राति दुईवटा स्काभेटर जलाएको आरोपमा पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएका विश्वकर्मालाई सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज रिहा गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?