नर्सरीमा पढ्ने बालिकालाई बसले किच्यो

चितवन- पश्चिम चितवनमा स्कूल बसले किचेर आज एक बालिकाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको सनलाइट इङ्लिश स्कूलको ग१ख २२२५ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत् पाँच वर्षिया बालिका सम्झना मिजारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोही वडाको लाहुरेचोकमा उक्त घटना भएको हो । स्कूलबाट विद्यार्थीलाई घर छोड्न हिँड्दा अपराह्न ४ः४० बजे सो दुर्घटना भएको हो ।

सोही बसमा आएकी मिजार बसबाट खसेपछि सोही बसले किचेको थियो । बसले किचेर घाइते भएकी मिजरको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका वडा नं २१ निवासी मिजार सोही विद्यालयमा नर्सरीमा अध्ययनरत् थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?