प्रकाण्ड पक्राउ प्रकरण : सर्वोच्चद्वारा तत्काल रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई रिहा गर्न आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा सर्वोच्चले यस्तो आदेश दिएको हो । सर्वोच्चले प्रहरीले फौजदारी संहिताको पालना नगरी पक्राउ गरेकाले उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले विश्वकर्मालाई तीन पटक पक्राउ गरिसकेको छ । सर्वोच्चको आदेन नमानी बारम्बार पक्राउ गरेकोमा सर्वोच्चले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

प्रकाण्डलाई चन्दा असुलीको आरोपमा साउन २३ गते प्रहरीले पक्राउ गरेको थियो । पछि अदालतले रिहा गर्न आदेश दिएपछि प्रहरीले पुन पक्राउ गरेको थियो ।

त्यसपछि उनलाई विभिन्न मुद्दा लगाउँदै काभ्रे र नुवाकोटका अदालतमा पु–याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?