३१ आश्विन २०७८, आईतवार

फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा को को परे?

२०७५,भाद्र,१८,सोमवार १५:०९


लण्डन । विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । 

क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए । 

तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए । 

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवार्डका लागि मनोनयनमा परेका थिए ।

प्रकाशित मिति: २०७५,भाद्र,१८,सोमवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरे  ‘हिमचितुवा’ ले चुमेका छन् । विश्वका युवा

काठमाडौं । कुश्मा नगरपालिका पर्वतले नेपाली फुटबल टिमलाई नगद सहयोगको घोषणा गरेको छ । साफ च्याम्पियनसिपको फारुइनल पुगेको भन्दै नेपाली

काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज आइतबार बाट सुरु हुँदैछ । टी-ट्वान्टी विश्वकप

काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् । माल्दिभ्समा शनिबार सम्पन्न

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०