११ चैत्र २०७९, शनिवार

महानगरमा छाडा चौपाया नियन्त्रण अभियान

२०७४,आश्विन,३०,सोमवार ०४:३६

9
Shares

विरानगर, ३० असोज ।सुरक्षित सडक सवारी सञ्चालनका लागि विशेष अभियान सञ्चालान गरी नगरभित्र छाडा छोडिएका चौपाया नगर रक्षकद्वारा नियन्त्रणमा लिने गरिएको छ ।असोज ४ गतेदेखि अभियान सञ्चालन गरेर छाडा चौपाया नियन्त्रणमा लिने गरेको महानगरपालिकाले जनाएको छ । महानगरभित्र गाई, बाख्रा, सुंगुर र साँडे छाडा छोडने गरिएको छ । विराटनगर महानगरपालिकाको साँघुरो सडकमा सिटी रिक्सा, रिक्सा तथा अन्य सवारीसाधन सञ्चालनमा छाडा चौपायाका कारणा बाधा उत्पन्न भई सडक जाम हुने गरेको छ ।विगतमा महानगर प्रतिनिधिविहीन भएको अवस्थामा छाडा चौपाया खुल्ला छाड्ने प्रवृत्तिमा वृद्धि भएको कारण नगरमा सवारी दुर्घटना बढेको थियो । यसरी नियन्त्रणमा लिएका छाडा चौपायालाई वडा समितिको सिफारिसमा खसीबाख्रालाई रु २५० तथा गाईवस्तुलाई रु ५०० जरिवाना लिएर छाड्ने गरिएको छ भने पटकेलाई रु एक हजार जरिवाना लिने गरेको महानगरपालिकाले जनाएको छ ।हालसम्म छाडा छोडिएका ३२ वटा गाई बाछा तथा २८ वटा खसी बाख्रा नियन्त्रणमा लिएको महानगरपालिकाका नगर सहायक निरीक्षक रेवत दुलालले बताए ।महानगरापलिकाको यस अभियानका कारण छाडा पशु छोड्ने कार्यमा कमी आएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०४:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११