पहिलोपटक ‘इन्टेलिजेन्स चिफ’ सम्मेलन

काठमाडौं । नेपालमा पहिले पटक ११ औं एसिया प्रशान्तक्षेत्रीय ‘इन्टेलिजेन्स चिफ’ सम्मेलन आयोजना गरिएको छ ।

नेपाली सेना र युएस आर्मीको इण्डो–प्यासेफिक कमाण्ड डाइरेक्ट्री अफ इन्टेलिजेन्सले संयुक्त  रुपमा उक्त सम्मेलन आयोजना गरेको हो । 

सम्मेलनको कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमवार उद्घाटन गरेका छन् । सम्मेलनमा विभिन्न २३ मुलुकका रथी तथा उच्च सैनिक अधिकृतहरुको सहभागिता रहेको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, विभिन्न देशका ८३ र नेपालको २० जना गरी सम्मेलनमा एकसय तीनजना उच्च सैनिक अधिकृतहरुको सहभागिता रहेको छ । 

यस सम्मेलनमा सहभागी सदस्य राष्ट्रका सेनाहरुको वर्तमान अवस्था र भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा रणनीति र चुनौतिको समाधान गर्न आपसी भेटघाट, छलफल र समन्वयका विषयमा पेशागत विशेषज्ञता आदान–प्रदान हुने जनाइएको छ । 

त्यस्तै सैनिक जासुसी कलाको क्षमतामा अभिबृद्धिका साथै मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा सेनाले गरेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?