पुनर्वासमा नगरस्तरीय भेट्रान फुटबलको पहिलो चरणको खेल शुरु

किशोर तामाङ

कञ्चनपुर–कञ्चनपुरको दक्षिणीभेगमा अवस्थित  पुनर्वास नगरपालिकामा नगरस्तरीय भेट्रान खेल सञ्चालन भएको छ ।
अरनीको खेलकूद बिकास समितिद्वारा ‘सबैका लागि खेल स्वस्थका लागि खेलकुद ’ भन्ने मुल नाराका साथ  हरितालीका तीजको अवसरमा भेट्रान फुटबल खेलको आयोजना गरिएको हो  । जसअनुसार चरणको खेलहरु आज  बाट सुरु भएको छ ।
प्रतियोगितामा कञ्चनपुर र कैलालीका गरी जम्मा १४ पुरुष टिमको सहभागीता ररहने छ  ।

 समुह क मा ७ टीम र समुह ख मा ७ टिम  गरी खेलाइएको उक्त खेलमा आज युनाईटेड आई बी आर डी बजार भरसेस निर्माण व्यवसायी सघ कञ्चनपुर बीच खेल भयो ।
जसमा  ५औ मिनेटमा निर्माण व्यवसायीका खडक बिक्रम थापाले आफ्नो टीमका लागि गोल निर्माण ब्यवसायी ५–० ले विजयी भयो ।

खेलको बिजेता समुहले नगद ५०हजार र उपविजेता ले नगद ३० हजार प्राप्त गर्ने आयोजक समितिका भेट्रान खेल संयोजक सुवेदर मान बहादुर तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?