खेलाडीको सम्मानमा बज्यो ब्याण्ड बाजा, १९ तस्वीरमा हेर्नुहोस्

काठमाडौं । इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुद ‘एशियाड’का रजत पदक विजेता प्याराग्लाइडिङका खेलाडीसहितको टोलीलाई मंगलवार नगर परिक्रमा गराइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणबाट शुरु भएको नगर परिक्रमा कार्यक्रम सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई नगद रुपैयाँसहित सम्मान गरेको थियो । 

पदकधारी खेलाडीहरुलाई ब्याण्डबाजा सहित नगर परिक्रमा गरिएको थियो । नगर परिक्रमा कार्यक्रममा अरु खेलका खेलाडीहरुको उपस्थिती भने न्युन थियो ।

नेपाली खेलाडीले ‘एशियाड’मा प्याराग्लाइडिङको क्रश कन्ट्री विधामा रजत पदक जितेको थियो । प्याराग्लाइडिङले २० वर्षको एशियाली खेलकुद इतिहासमा पहिलो पटक रजत पदक जितेको हो ।

यस अघि तेक्वान्दोकी सविता राजभण्डारीले तेक्वान्दोमा पहिलो पटक रजत पदक जितेकी थिइन् । यो पदकसँगै नेपालले ‘एशियाड’ इतिहासमा पदक संख्या २४ बनाएको छ । खेलाडीहरुको सम्मा स्वरुप राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा कार्यक्रमको आयोजना गरेको हो ।  

तस्वीर: सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?