एशिया कप छनोट: समूहको अन्तिम खेलमा नेपालले हङकङसँग भिड्ने

काठमाडौं । नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा मंगलवार भिड्ने भएका छन् । 

चार खेलमा दुईमा जित र दुईमा हारका बेहोरेको नेपाल अंक तालिकाको चौथो स्थानमा छ । हङकङले दुईमा जित र एक हारका साथ तेस्रो स्थानमा छ ।

नेपाल ओमान र संयुक्त अरब इमिरेट्स ‘युएइ’सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिंगापुरलाई हराएको थियो । छनोट खेलको फाइनल पुग्न नेपालको सम्भावना न्युन रहेको छ ।

मंगलवार नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित पराजित गरेमा र ओमनले युएईलाई समेत फराकिलो अन्तरले पराजित गरेमो फाइनलमा पुग्नेछ ।

४ खेलमध्ये ३ मा जितका साथ ओमन  अंक तालिकाको शीर्ष स्थानमा छ । ४ खेलमध्ये ३ मा जित र एक हारका साथ युएई दोस्रो स्थानमा छ ।

मलेसिया र सिङ्गापुर भने फाइनलमा पुग्ने होडबाट बाहिरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?