३३ किलो सुन प्रकरण : तोडियो बाजेको सेकुवाको शिलबन्दी

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएको काठमाडौंमा रहेको रेस्टुरेन्ट बाजेको सेकुवाको शिलबन्दी तोडिएको छ । 

प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा रेष्टुरेन्टको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको हो ।

रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३३ किलो सुन तस्करीमा मुछिएपछि गत जेठ ३० गते अनुसन्धान समितिले छापा मारेर रेष्टुरेन्टका शिलबन्दी गरेको थियो । 

विशेष अनुसन्धान समितिले गरेको शिलबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । यहि भदौ १३ मा सर्वोच्चले सबै शाखाहरु खोल्न अन्तरिम आदेश दिएपछि सोमबार शिलबन्दी तोडिएको हो । 

त्यस्तै रेष्टुरेन्टका मालिक भण्डारीको खोजीमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?