पाँच वर्षकी छोरीसहित अर्चना तिमिल्सिना वेपत्ता

चितवन । भरतपुर महानगरपालिका १० हाकिमचोकमा डेरा गरी बस्ने एक महिला पाँच वर्षकी छोरीसहित वेपत्ता भएकी छिन् ।

धादिङको ज्वालामुखी गाउँपालिका ६ घर भएकी २५ वर्षकी ज्योति सुवेदी तिमिल्सिना भदौ १२ गते दिउँसो ३ बजे ५ वर्षकी छोरी आर्जना तिमिल्सिनासहित कोठाबाट निस्केकी थिइन् । 

उनले अन्तिम पटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएको दाइ नगेन्द्र सुवेदीले बताए । 

म्याग्दी माइत भएकी ज्योतिको २०७० सालमा धादिङका नवराज तिमिल्सिनासँग विवाह भएको थियो । ज्योति लोकसेवा आयोगको परीक्षाको तयारी र छोरीको पढाइका लागि भन्दै भरतपुर बस्दै आएकी थिइन् । उनले अनमीसम्मको पढाइ पुरा गरेकी थिइन् । 

उनको श्रीमान हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

परिवारले खोजी गरिदिन भन्दै भदौ १३ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?