कांग्रेसले गरायो निर्मला पन्त हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण (प्रतिवेदन सहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष महत्वको समयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तको आरोपी अहिलेसम्म पक्राउ नपरेको प्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । 

साथै आफ्नो पार्टीले स्थलगत रुपमा गरेको अध्ययनबारे समेत जानकारी गराउँदै सांसद बडुले सरकार पन्त हत्याबारे गम्भीर नभएको बताए । 

उक्त प्रतिवेदनमा निर्मला प्रकरणबारे कांग्रेस सांसद बडु र वीरबहादुर बलायरको टोलीले स्थलगत अध्ययनपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भएकोमा प्रधानमन्त्री ओली र प्रचण्डको ध्यानाकर्षण गराएको हो ।

उनले देशमा बलात्कारका घटना बढ्दै गएको भन्दै मनाव सभ्यताको कलंक बनेको धारणा राखे । उनले यसले सिंगै राष्ट्रको ध्यान आकृष्ट भएको तर्क समेत गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?