२३ श्रावण २०७९, सोमवार

‘पुष्पा २’काे लागि युवा लेखक खाेज्दै निर्देशक सुकुमार

२०७९,असार,२३,बिहीवार २०:२४

45
Shares

एजेन्सी । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पा’को सफलतापछि लेखक तथा निर्देशक सुकुमार फिल्मको सिक्वेललाई अझ हिट बनाउनका लागि प्रतिबद्ध भएर लागेका छन् । त्यसका लागि उनले एक योजना बनाएका छन् ।

सुकुमार तेलुगु फिल्ममा लोकतान्त्रिक फिल्म निर्माण गर्ने निर्माताका रुपमा चिनिन्छन् । त्यहीकारण उनले तेलुगुमात्र होइन, भारतका अन्य फिल्म उद्योगका युवाहरुलाई ‘पुष्पा २–द रुल’मा आबद्ध गराउने निर्णय लिएका छन् । उनले भारतभरका युवा लेखकबाट ‘पुष्पा २’का लागि सिन्स, एपिसोड निर्माण गर्न सहयोगको आव्हान गर्ने योजनामा छन् । उनले युवाहरुको फाइनल ड्राफ्ट आफूलाई मनपरेमा त्यसको उचित पारिश्रमिक पनि दिने बताएका छन् ।

‘यो एक अनौठो कथा हो र पटकथालाई उत्कृष्ट बनाउनका लागि मैले सटिक तरिका अपनाएको हुँ । जसकारण नयाँ लेखकसँग काम गर्ने अवसर पनि पाइन्छ । उनीहरुलाई राम्रो पारिश्रमिक दिने व्यवस्था गरेको छु’,उनले भनेका छन् ।

सन् २०२१ डिसेम्बर १७ मा रिलिज फिल्म ‘पुष्पा’ले बक्सअफिसमा १ सय ८ दशमलब २६ करोडको कमाई गरेको थियो ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार २०:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चलचित्र ‘माइकल अधिकारी’को नयाँ गीत ‘छुकछुक रेलगाडी’ सार्वजनिक भएको छ । प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको

काठमाडौं । ‘वाईवाई मिस धरान आईकन-२०२२’को उपाधि आसमाया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको व्यवस्थापनमा

काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९

काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्। निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्राली र अभिनेता

ताजा समाचार