निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि ‘सीआईबी’को नयाँ समिति गठन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति गठन गरेको छ । 

सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरिएको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिएका हुन् ।

समितिका सदस्यमा ब्युरोका डिएसपी कमल थापा लगाएका अफिसरहरु रहेका छन् । 

सो टोली सोमबार नै कञ्चनपुर पुगेर काम थालिसकेको जनाइएको छ । 

गत साउन १० गते बलात्कारपछि हत्या भएका निर्मलाको शव साउन ११ गते उखु बारीमा भेटिएको थियो । 

बलात्कारपछि हत्या भएको २५ दिनपछि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय र सीआईबीकै डीएसपी अंगुर जोशी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो ।

जोशी नेतृत्वको टोलीले स्थानीय मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई पक्राउ गरेको र वास्तवीक बलात्कारीलाई जोगाउन खाजेको भन्दै आन्दोलन चर्किएको थियो । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर एक जना सर्वसाधारणको ज्यान समेत गएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?