लोकपथ टप फिप्टिन : काठमाडाैंका सडकमा बिजुलीका बस, बुढीगंगावासीले दान गरे मत

लोकपथ
234
Shares

१ पुसमा महाधिवेशन सम्पन्न भए पनि माओवादी केन्द्रका विभिन्न कमिटीले बल्ल पूर्णता पाउँदै, १५६ सदस्यीय पोलिटब्यूरो, ४१ सदस्यीय स्थायी कमिटी गठन, पदाधिकारी चयनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मागे समय ।

२ वैशाख ३० मा तोकिएको स्थानीय निर्वाचनमा बुथ कब्जा भएपछि स्थगित बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदान, बिहान ७ बजेदेखि भएको मतदान सम्पन्न, आजै मतगणना सुरू हुने ।

३ एमालेले एसपीपीको मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण भएको जनार्दन शर्माको भनाइ, एसपीपीमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको दाबी ।

४ भारत र चीनसँगको तालमेल नमिलाउँदासम्म नेपालको विकास हुन नसक्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ, राज्यप्रणालीमै सुधार नभएसम्म राम्रो व्यक्ति आए पनि केही गर्न नसक्ने दाबी ।

५ सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठको भनाइ, सहकारी सञ्चालनका लागि प्रशस्त कानुन भए पनि कार्यान्वयनमा समस्या रहेको प्रतिक्रिया ।

६ पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, २३ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या पाँच सय नाघ्यो ।

७ काठमाडौंमा थप दुई जनामा हैजा संक्रमण पुष्टि, हालसम्म हैजा संक्रमितको संख्या २३ पुग्यो, जोखिम बढ्न सक्ने भन्दै खानपिनमा ध्यान दिन स्वास्थ्यविद्को आग्रह ।

८ उपभोक्ता जागरण अभियान नेपालले गरायो मूल्यवृद्धि नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण, बजार अनुगमनलाई प्रभावकारी बनाउँदै बजार मूल्यलाई नियन्त्रण गर्न सुझाव ।

९ काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थाल्यो, साझाले ३ बिजुली बसको ’सफ्ट लन्च’ गर्यो, बिजुली बसमा चालक र सहचालकमा महिलालाई विशेष प्राथमिकता दिइने ।

१० निरन्तर ओरालो यात्रामा सेयर बजार, नेप्से १६ अंकले घटेर २०२७ बिन्दुमा ओर्लियो, एक अर्ब ८० करोड रुपैंया बराबरको कारोबार ।

११ भारतले गर्यो पिठो र आँटा निर्यातमा कडाइ, असार २८ गतेदेखि गहुँका सहउत्पादकले निर्यातमा अनिवार्य लाइसेन्स लिनुपर्ने, भारतको उक्त निर्णयले नेपाल पनि प्रभावित हुने ।

१२ आर्थिक सङ्कटको जन्जालमा फसेको श्रीलङ्कामा औषधिको मूल्य पनि आकासियो, औषधिहरूको अभाव देखिएपछि औषधी किन्न अस्पताल सर्वसाधारणको भीड ।

१३ बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिए, एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव, शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने ।

१४ आईसीसी विश्वकप लिग टू खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्याण्ड जाने, नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियाविरुद्ध खेल्ने ।

१५  ’ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) पहिलो मैत्रीपूर्ण खेलमा कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५–२ गोल अन्तरले पराजित, एनआरटीले अब दोस्रो मैत्रीपूर्णमा चोनबुरी एफसीसँग आइतबार खेल्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?